Friday, June 26, 2026

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, १२ः३० बजे बोर्ड बैठक बस्दै

कलैया, १३ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनको तयारीका लागि आज दिउसो १२ः३० बजे बोर्डको बैठक बोलाइएको छ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ । नतिजा प्रकाशनमा केहि त्रुटि नभए आजै प्रकाशन गर्ने तयारी रहेको छ।

२०८१ चैत ७ गते देखि चैत १९ सम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर