Saturday, June 6, 2026

बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ

spot_img

कलैया, १४ असार । बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ परेका छन। परवानिपुर गाँउपालिका-५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा सवारी साधन तथा पैदल यात्री समेतलाई चेकजाँच गर्ने क्रममा हेटौंडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई चेक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाट विशेष सुचनाको आधारमा खटिएको संयक्त प्रहरी टोलिले २ सय १२ किलो ९२८ ग्राम लागु औषध गाँजा बरामद गरेको हो।

प्रहरीले मकवानडुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने प्रदेश ०३-०१-०२४ च ४६३० नम्वरको सेतो रंगको पिकअप गाडीको चालक अन्दाजी २८ वर्षीय रबि कार्की,पिकअप गाडीमा सवार सोही पालिका का वडा नं.१२ टिसटुङ बस्ने अन्दाजी ४६ वर्षीय बिर बहादुर गोले, मकबानपुरको हेटौडा नगरपालिका वडा नं. १४ बस्ने उतरपानी बस्ने अन्दाजी २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाँउपालिका वडा नं. ७ आपसी चौक बस्ने अन्दाजी ३१ को महेश तामाङलाई पक्राउ गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर