Friday, June 26, 2026

बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कलैया, १७ असार। बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-३२ का २० वर्षीय महमद साहिल अंसारीको मृत्यु भएको हो । सोमबार बेलुका वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना६ख २९९२ नम्बरको ट्यांकरले  मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक अंसारीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना पश्चात घाइते भएका चालकलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्यांकरसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका-२४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर