Friday, June 26, 2026

संविधानसभा सदस्य यादवको निधनमा सुवर्ण गाउँपालिकामा आज शोक बिदा

कलैया, १८ असार । संविधानसभा सदस्य रामअयोध्या यादवको निधनमा बाराको सुवर्ण गाउँपालिकाले आज बुधबार शोक बिदा दिएको छ ।

यादवको निधनले सम्पूर्ण गाउँपालिका परिवार मर्माहित भएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

सुवर्ण गाउँपालिका-२ कवहीगोठ निवासी यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मधुमेह रोगबाट लामो समयदेखि यादव पीडित थिए । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर