26.2 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
26.2 C
Kalaiya
Thursday, September 11, 2025

बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

spot_img
spot_img

कलैया, १८ असार। बारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवादमा ३५ वर्षीय बच्चा मियाँले २३ वर्षीया सहिना खातुनको हत्या गरेका हुन।

Advertisement

घरायसी विवाद हुँदा बुधबार मासु काट्न प्रयोग हुने दाउले टाउको र घाटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले बच्चा मियाँलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर