Saturday, June 6, 2026

पर्सामा कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

spot_img

वीरगञ्ज ,२४ भदौ । पर्सा प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाँउपालिका वडा नं.५ सल्ले भुम्लु बस्ने २१ वर्षीय मनिक पराजुली र बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं.१५ बस्ने २० वर्षीय अनिश राई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन्।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कमा पर्सा छिपहरमाई गाउँपालिका वडा नं.५ भिष्वा बस्ने वर्ष ३० को महम्मद मुराद मियाँलाई उनीहरुले कुटपिट गरेका थिए। पराजुली र राईले मिलेर एक आपसमा वाद–विवाद गरी महम्मद मुराद मियाँलाई कुटपिट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने पराजुली र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाईते मियाँलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पक्राउ परेका मनिक पराजुली र अनिश राईलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ निजहरू विरुद्द ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर