कलैया, २१ असार। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागी विराटनगर किंग्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई मार्की खेलाडिका रुपमा निरन्तरता दिएको छ ।
विराटनगर किंग्सले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । विराटनगरले रिटेन हुने अन्य खेलाडीको नाम चाडै नै सार्वजनिक गर्ने जनाएको छ ।
एनपिएलमा सहभागी अन्य ७ टोलीले आफ्ना रिटेन खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।