कलैया, २१ असार। एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १० विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो । सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए ।