34.8 C
Kalaiya

Saturday, July 5, 2025
34.8 C
Kalaiya
Saturday, July 5, 2025

spot_img

वीरगञ्ज नाकाबाट ५२ अर्ब बढीको भटमासको कच्चा तेल आयात, निर्यात ५५ अर्ब

spot_img
spot_img
spot_img
Advertisement

वीरगञ्ज, २१ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेल ६१३ दशमलव ४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको हो ।

Advertisement
Advertisement

जबकी गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । ‘व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ,’ उनले भने ।

Advertisement
Advertisement

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा ५५ अर्ब तीन करोड मूल्य पर्ने प्रशोधित भटमास तेल निर्यात भएको छ ।जबकी गत आवको सोही अवधिमा भने आठ करोड ८३ लाखको तेल निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकी गत आवको सोही समयमा भने आठ अर्ब चार करोड मूल्यको भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो । रासस

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर