कलैया, २२ असार । चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको हो ।
सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।