Friday, June 26, 2026

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

कलैया, २३ असार। जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरी प्रवाहास्थित जनकपुर जययनगर रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको हो। जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट उनको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर