31.4 C
Kalaiya

Wednesday, July 9, 2025
31.4 C
Kalaiya
Wednesday, July 9, 2025

spot_img

आज तेस्रो दिन पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २४ असार। मधेश प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ । लगातार आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण प्रदेशसभाको बैठक अवरुद्ध भएको हो ।

Advertisement
Advertisement

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठक अवरोध गरिरहेका छन् । बजेटमा विचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने विपक्षी दलका सांसदहरुको अडान छ ।

Advertisement
Advertisement

सभामुख रामचन्द्र मण्डलले विरोधका बीच बैठक बस्न नसक्ने भन्दै स्थगित गरेका हुन । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर