Monday, June 29, 2026

बारामा यसरी मनाइनेछ निजामती सेवा दिवस

कलैया, १५ भदौ। निजामती सेवा दिवस–२०८२ को अवसरमा बारामा विभिन्न कार्यक्रम आयोजना हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सुचना जारी गर्दै सो जानकारी दिएको हो।

प्रशासनले जारी गरेको सुचना अनुसार भदौ २१ गते बिहान ७ बजे प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफुल वितरण गरिनेछ। सोहि दिन बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा रक्तदान कार्यक्रम पनि हुनेछ। यसमा नेपाल निजामती कर्मचारी संगठन बारा र रक्त सञ्चार केन्द्र बाराले सहकार्य गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै भदौ २२ गते बिहान ७ बजे अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ। निजामति सेवा दिवस मूल समारोह समितिबाट स्वीकृत कार्यक्रम अनुसार जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर