Sunday, August 16, 2026

बारामा ५ जना सशस्त्र प्रहरी अधिकारी जिम्मेवारीबाट हटाइए

Advertisement
Advertisement Advertisement

कलैया, १५ भदौ । कार्यसम्पादनमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल मुख्यालयले बाराका विभिन्न बोर्डर आउटपोष्ट र फरवार्ड सुरक्षा बेसमा कार्यरत ५ जना अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।

मुख्यालयले एकैपटक कबहीगोठ बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, बलिरामपुर फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक हरिप्रसाद लम्साल, छतवा फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्टका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाएको हो।

सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणमा चासो देखाउँदै मुख्यालयले निगरानी कडाइ गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर