काठमाडौँ, २५ वैशाख। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली समक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।