30.5 C
Kalaiya

Friday, July 11, 2025
30.5 C
Kalaiya
Friday, July 11, 2025

spot_img

बारामा रोकिराखेको ट्रकको पछाडी पिकअप ठोक्किदा दुई जना घाइते

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २६ असार। बारामा बिहिवार दिउँसो रोकिराखेको ट्रकको पछाडी पिकअप ठोक्किदा दुई जना घाइते भएका छन।

Advertisement
Advertisement

जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा स्थित मुख्यसडकमा सिमरा बाट विरगंज तर्फ जादै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँ साईडमा रोकि राखेको ना ३ ख ३३५३ नं. को ट्रकलाई पछाडि बाट ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

दुर्घटनामा परी हेटौडा उपमहानगरपालिका-८ बस्ने अन्दाजी बर्ष ४७ को कृष्ण हरि दाहाल र हेटौडा उपमहानगरपालिक-१८ बस्ने बर्ष ३५ को श्यामलाल गोले घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते मध्ये गोलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते दुबै जनालाई एल.एस. न्युरो अस्पताल परवानिपुरमा लगिएको छ। सडकमै ट्रक छाडेर ट्रक चालक फरार भएका छन। उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर