Sunday, June 28, 2026

बारामा रोकिराखेको ट्रकको पछाडी पिकअप ठोक्किदा दुई जना घाइते

कलैया, २६ असार। बारामा बिहिवार दिउँसो रोकिराखेको ट्रकको पछाडी पिकअप ठोक्किदा दुई जना घाइते भएका छन।

जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा स्थित मुख्यसडकमा सिमरा बाट विरगंज तर्फ जादै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँ साईडमा रोकि राखेको ना ३ ख ३३५३ नं. को ट्रकलाई पछाडि बाट ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी हेटौडा उपमहानगरपालिका-८ बस्ने अन्दाजी बर्ष ४७ को कृष्ण हरि दाहाल र हेटौडा उपमहानगरपालिक-१८ बस्ने बर्ष ३५ को श्यामलाल गोले घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते मध्ये गोलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते दुबै जनालाई एल.एस. न्युरो अस्पताल परवानिपुरमा लगिएको छ। सडकमै ट्रक छाडेर ट्रक चालक फरार भएका छन। उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर