Thursday, June 4, 2026

टी-२० सिरिज : आसामलाई ९ रनले हराउँदै नेपाल ‘ए’ विजयी

spot_img

कलैया, १४ भदौ। भारतमा जारी टी-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ ले आसामलाई ९ रनले पराजित गरेको छ। यो सँगै नेपालले जारी सिरिजमा दोस्रो जित निकालेको छ ।

आज (शनिबार) भएको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा १८७ रनमा अलआउट भएको हो। नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए । आदिलले १६ बलमा विस्फोटक ३५ रन बनाए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डिएलएस मेथडमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर