बारा २६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले १२ औ नगर सभाको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब एक लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
जुन आर्थिक बर्ष २०८१।०८२ वा ११ औँ नगर सभाबाट ल्याईएको बजेट भन्दा १० करोड ४९ लाख रुपैयाले कम हो । आर्थिक बर्ष २०८१।०८२ मा कुल बजेट रु २ अर्ब १० करोड ५० लाख थियो ।
असार २५ गते सम्पन्न बाह्रौँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख भोला प्रसाद अधिकारीले नगरको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।“आत्मनिर्भर, सक्षम र जनमुखी स्थानीय सरकार, समृद्धिपूर्ण सुशासन – जीतपुरसिमराको आधार” भन्ने मूल नारासहित ल्याइएको यस वर्षको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, पर्यटन, सामाजिक समावेशीकरण र सुशासनलाई प्राथमिकतामा राखेको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले संघीयताको मर्मअनुसार स्थानीय तहको अधिकार प्रयोग गर्दै जनताका आवश्यकता र अपेक्षाअनुरूप बजेट निर्माण गरिएको बताए। विगतका अनुभव र सीमित स्रोतलाई आधार मानेर बनाइएको बजेटले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने लक्ष्य लिएको अधिकारीको भनाइ थियो। यसपालिको बजेटमा सबै २४ वटा वडाका लागि छुट्टै योजनाहरू समावेश गरिएका छन्।
हरेक वडाको आवश्यकतालाई मध्यनजर गर्दै समावेशी र सन्तुलित ढंगले बजेट बाँडफाँट गरिएको जनाइएको छ। वडाको न्युनत्तम बजेट सिलिङ्ग रु ५० लाख ३९ हजार ७०९ रुपैया र अधिकत्तम रु १ करोड १२ लाख ८६ हजार ५६० रुपैया बिनियोजन गरिएको छ ।
वडा स्तरीय सिलिङ्ग बाहेक नगर स्तरीय योजना अन्तर्गत हरेक वडामा कम्तीमा २५ लाख बराबरको एक वटा र १० लाख बराबरको १ वटा अनिवार्य रुपमा लागु हुने गरी कुल ८ करोड ४० लाख बिनियोजन गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
नगरस्तरमा समावेश गरिएका योजनामार्फत शहरी पूर्वाधार, खानेपानी, सडक मर्मत, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवद्र्धन, खेलकुद, बालमैत्री कार्यक्रम, अपांगता, वृद्ध नागरिक र विपन्न वर्गको उत्थानजस्ता विषयमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा नगर प्रमुख पौडेलले गरे ।
शिक्षा क्षेत्र सुधारका लागि छात्रवृत्ति, विद्यालय स्तरोन्नति तथा गुणस्तर सुधार योजनाहरूलाई प्राथमिकता दिइएको छ भने स्वास्थ्य क्षेत्रमा १५ श्य्याको निर्माणधीन जीतपुरसिमरा नगर अस्पताल यसै बर्ष सम्पन्न गर्नका लागि नौ करोड विनियोजन गरिएको छ। नगर अस्पतालबाट अब नियमित शल्यक्रिया सेवा पनि प्रदान गरिनेछ।
नगरभित्र कृषि यान्त्रीकरण, पकेट क्षेत्र विकास, सहकारी प्रवद्र्धन, विपद् व्यवस्थापन, वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, वृक्षारोपण, प्लास्टिकमुक्त नगर निर्माणजस्ता क्षेत्रमा समेत बजेट विनियोजन गरिएको छ। बालबालिका, महिला, अपांगता भएका व्यक्तिहरू र सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राखिएको छ।बजेटमार्फत सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो र प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।
कर प्रणाली सुधार, आन्तरिक राजस्व संकलनमा पारदर्शिता र प्रविधिमैत्री प्रणालीको विकासमार्फत नगर सरकारलाई सक्षम बनाउने प्रयास बजेटमा देखिन्छ। बकुलियामा रहेको खानेपानी ट्याङ्कीबाट वडा नं.५ ,६ ,७ र ८ कोलागि शुद्ध खानेपानी बितरणकोलागि ३ करोड ५० लाख रुपैया बितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले बताए ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४० लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ ।
समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड (३ लाख रुपैयाँको अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर तथा निर्माण सामग्री उपप्रमुख अधिकारीले सबै वडाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संघसंस्थाहरू तथा नगरवासीहरूप्रति आभार प्रकट गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग र सहभागिता अपेक्षा गरे।