कलैया, २७ असार। एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
उक्त प्रतियोगिताको विजेता टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले निर्णय गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन ।
मलेसियामा भएको उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म भएको थियो। फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।