Saturday, June 27, 2026

जीतपुरसिमरा उपमहानगरको दमकल सेवा अस्थायी रुपमा बन्द

कलैया, २९ असार। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दमकल सेवा अस्थायी रुपमा बन्द भएको छ। उपमहानगरले एक सुचना जारी गर्दै दमकल नम्बर ना १ ग ७१७ मा समस्या उत्पन्न भई असार २९ गते ( आइतबार) देखि नियमित मर्मतका लागि पठाइएको जनाएको छ।

मर्मत सम्पन्न नभएसम्म सेवा सञ्चालन हुन नसक्ने उपमहानगर अन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ई.पुष्पा सिंहले जानकारी दिए।

उपमहानगरपालिकाले सेवा अवरुद्धका कारण पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर