34.3 C
Kalaiya

Sunday, July 13, 2025
spot_img
34.3 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

सिद्धार्थ बैंक कलैयाद्वारा विद्यालयलाई सहयोग

spot_img
spot_img
spot_img
Advertisement

साजीर मन्सूर/कलैया,२९ असार । सिद्धार्थ बैंक कलैया शाखाले कलैयाको दुई सामुदायिक बिधालयमा सिलिङ्ग पंखा बितरण गरेको छ । शाखाले कलैया-१ मा रहेको नेरा नमुना माध्यमिक विद्यालय र कलैया-३ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा सिलिङ फ्यान ४/४ थान को सहयोग गरेको कलैया शाखा प्रबन्धक मनमोहन लाल साहले जनाएका छन । बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको बैंकका प्रदेश प्रमुख सुदिप ताम्रकारले जनाएका छन ।

Advertisement
Advertisement

स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पुगोस भन्दै निरन्तर यश खालका योगदान दिने हाम्रो चाहना रहेको ताम्राकारले भने । यता विद्यालय व्यवस्थापन समिति श्री नेरा नमुना माध्यमिक विद्यालयका अध्यक्ष अभिषेक प्रसाद साहले विद्यालय समुदाय विद्यार्थी, शिक्षक तथा कर्मचारी सबैका तर्फबाट बैंक परिवारलाई धन्यवाद दिएका छन ।

Advertisement
Advertisement

साहले यो सहयोग विद्यार्थीहरू र शिक्षक–कर्मचारी सबैका लागि अत्यन्त सराहनीय र प्रेरणादायक रहेको उल्लेख गरेका छन । बढ्दो तापक्रमका कारण कक्षाकोठामा पठनपाठनमा समस्या भइरहेको समयमा प्राप्त यो सहयोगले पठनपाठनको वातावरण सहज बनाउने छ र विद्यार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने सिदेस्वर संस्कृत माबिका अध्यक्ष मुनिन्द्रनाथ शर्माले बिश्वास एफएम लाई जनाए ।

बैंकका शाखा प्रमुख साहले एक महिना पहिले कलैया क्रीकेट क्लबलाई हेभी ड्युटी वाटर प्युरिफायर हस्तान्तरण गरेको बताए । उनले हामिले हरेक बर्ष यस खालका सहयोगका कार्य गर्दै आएको र निरंतरता दिने भनेका छन । उक्त अवसरमा
वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,बिधालयका प्रधानाध्यापकहरु,शिक्षक,बिद्यार्थी,बैंकका कर्मचारीहरु,क्रेडिट एन्ड मार्केटिङ डिपार्टमेन्ट कृतिका खतिवडा,अनामिका श्रीवास्तव लगायतकाको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर