कलैया, २९ असार। बाराको विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमी प्रणाली विकसित भई पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाराको कलैया, कोल्हवी , देवताल, महागढिमाई लगायत तराईका अन्य जिल्लामा समेत अहिले वर्षा भैरहेको छ। वर्षा भएपछि बारावासी गर्मीबाट राहत पाएका छन । केही समययता वर्षा हुन नसक्दा तराईका अधिकांश स्थानमा तापक्रम पनि बढेको थियो ।