Saturday, June 27, 2026

बाराको पचरौता नगरपालिकामा छात्रवृतिको ४० लाख रकम वितरण

कलैया, ३१ असार। बाराको पचरौता नगरपालिका अन्तर्गत प्राविधिक शिक्षा तथा कक्षा ११ र १२ मा अध्ययनरत छात्रा तथा छात्रहरुलाई छात्रवृतिको रकम प्रदान गरिएको छ।

आज एक कार्यक्रमका बीच नगर प्रमुख जलन्धर सिंहले उक्त रकम विद्यार्थीहरुलाई हस्तान्त्रण गरेका हुन। नगर क्षेत्रका विभिन्न विद्यालयबाट अध्ययनरत ६४ जना छात्रा तथा छात्रहरुले ३८ लाख ४० हजार एक सय उनानसाठी रुपैया छात्रवृत्ति प्राप्त गरेका छन्। छात्रवृत्तिको लाभ लिनेमा प्राविधिक शिक्षा अध्ययनरत ६ जना बिधाथीलाई ९ लाख ८९ हजार र कक्षा ११ तथा १२ मा अध्ययनरत ५८ जना बिधार्थी रहेका छन। उनीहरुलाई २८ लाख ५१ हजार १ सय ५९ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले शिक्षा नै विकासको मूल आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताए। उनले छात्रवृत्तिले विद्यार्थीमा थप प्रेरणा मिल्ने र आर्थिक अवस्था कमजोर परिवारका बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर