Friday, June 26, 2026

बाराको मटिअर्वा नाकामा किसान आक्रोशित, टायर बालेर प्रदर्शन

कलैया, ३२ असार। बाराको मटिअर्वा नाकामा किसान आक्रोशित भएका छन।

कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा नाकामा सशस्त्र प्रहरीले भारतबाट दुई बोरा मल ल्याउने क्रममा नियन्त्रणमा लिएको भन्दै स्थानीय किसान आक्रोशित बनेका छन्। घटनापछि आक्रोशित किसानहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रिएका किसानहरु दशई ठाकुर, राम प्रवेश कुमार, नागेश्वर गुप्ताका अनुसार आफ्नै खेतीका लागि ल्याएको मललाई सशस्त्र प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको थियो। किसानले कृषि कार्यका लागि मल आवश्यक रहेको भन्दै सहजीकरण गर्न प्रशासन सँग पटक-पटक माग गरे पनि सुनुवाइ नभएको पुर्व वडा अध्यक्ष शंकर प्रसाद गुप्ताले बताएका छन्।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर