21.4 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
21.4 C
Kalaiya
Thursday, October 30, 2025

बारामा ‘ड्रप ड्रग्स’ अभियानअन्तर्गत मोटरसाइकल चोरी र बिक्रीमा संलग्न तीन जना पक्राउ

spot_img
spot_img

कलैया, ३२ असार। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जिल्लामा लागू औषध दुव्र्यसन नियन्त्रणका लागि ‘ड्रप ड्रग्स’ अभियान सञ्चालन गरेका छन्। यही अभियानअन्तर्गत लागू औषध सेवन र अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चोरी गर्ने, विक्री गर्ने तथा खरिद गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

मंगलबार बाराबाट तीन जनालाई रौतहट प्रहरीले समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए। पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका–७ योजना टोल निवासी २५ वर्षीय चमन मगर, रौतहट गुजरा नगरपालिका–२ निवासी २३ वर्षीय रोशन मगर र रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी टोलका ३० वर्षीय राम प्रवेश महरा रहेका छन्।

Advertisement

असार २४ गते मंगलबार निजगढ नगरपालिका–७ निवासी प्रशान्त लामाको घरमा पार्किङ गरी राखेको इन्जिन नं. जि३जे३इ०५९१३७५ र च्यासिस नं. एमई१आरजि४४५८आर००९७५४१ रहेको प्रदेश २–०३–०३३ प ७५१० नम्बरको यामाहा कम्पनीको एफजेड भी२ डीडी मोटरसाइकल हराएको थियो। उक्त मोटरसाइकल खोजतलास गरिदिन निजगढ नगरपालिका–६ निवासी बालकृष्ण हुमागाईंले इलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएका थिए।

Advertisement

मोटरसाइकल खोजतलासको क्रममा खटिएको प्रहरी टोलीले निजगढ–७ योजना टोलमा संकास्पद रूपमा हिँडडुल गरिरहेका चमन मगरलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले उक्त मोटरसाइकल चोरी गरी गुजरा नगरपालिका–२ निवासी रोशन मगरलाई विक्री गरेको स्वीकार गरेका थिए।

रोशन मगरले मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी स्थायी वतन भई गरुडा झाझपुल चोकमा न्यू राजन वर्कशप सञ्चालन गर्ने राम प्रवेश महरालाई रु. ३१,००० मा बिक्री गरेको बताएका थिए।

त्यसपछि रोशन मगरलाई समेत साथमा लिएर इलाका प्रहरी कार्यालय गरुडासँग समन्वय गरी संयुक्त प्रहरी टोलीले राम प्रवेश महराको घर तथा वर्कशपमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा महराको घरको आँगनमा नम्बर प्लेट नभएको, इन्जिन नं. जि३जे३इ०५९१३७५ र च्यासिस नं. एमई१आरजि४४५८आर००९७५४१ भएको यामाहा कम्पनीको एफजेड भी२ डीडी मोटरसाइकल फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक नेपालले बताए।

बरामद मोटरसाइकल र चोरीमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!