Thursday, July 2, 2026

विपद प्राधिकरणले भन्यो– मोन्था चक्रवातले बारासहित २६ जिल्लामा प्रभावित हुने

कलैया, ११ कात्तिक। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबारदेखि कात्तिक १५ गते शनिबार बिहान सम्म बारासहित २६ जिल्लाको मौसम प्रभावित हुने जनाएको छ।

उक्त प्रणालीको प्रभावले मधेश प्रदेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन , सिन्धुली, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले जनाएको हो ।

मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणाली सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणको अपिल

१) अत्यन्त जरूरी नभई सकेसम्म यात्रा नगर्ने।
२) डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
३)  प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने। जोखिम देखिए सुरक्षित स्थानमा सर्ने।
४) धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने।
५) प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने। सोको पालना गर्ने, गराउने।
६) तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
७)  पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर