Thursday, July 2, 2026

अधुरो सडक निर्माणका विषयमा कलैयामा चलिरहेको हस्ताक्षर अभियान आज छठघाटमा

कलैया, १० कात्तिक । बाराको सदरमुकाम कलैयाको अधुरो सडक निर्माण गर्न दबाब स्वरुप युवाहरूले सुरु गरेको हस्ताक्षर अभियान सोमबार छठ पर्वकै अवसरमा रामजानकी मन्दिरस्थित छठघाटमा समेत सञ्चालन गरेका छन् ।

कलैयाको मुख्य बजार क्षेत्र अन्तर्गत पर्ने ३ किलोमिटर सडक विगत एक दशक देखि अधुरो रहँदै आएको भन्दै स्थानीय युवाहरूले हस्ताक्षर संकलनमार्फत सम्बन्धित निकायमा दबाब सृजना गर्ने अभियान अघि बढाएका हुन्।

लामो समयदेखि उक्त सडक निर्माण कार्य नहुँदा आवत–जावतमा असुविधा भइरहेको छ । यहाका व्यवसायीलाई समेत असर परेको छ । युवाहरूले आज छठघाटमा भक्तजनहरूसमक्ष हस्ताक्षर अभियान सञ्चालन गर्दै जनचेतना फैलाउने प्रयास गरेका छन्।

उनीहरूले उक्त अभियानलाई शान्तिपूर्ण रूपमा अगाडि बढाउने र सरकारले ध्यान नदिए थप कदम अगाडी बढाउने बताएका छन्। केहि दिन देखि युवाहरुले सडक देखि पसल-पसलमा गएर हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर