Saturday, June 27, 2026

तीन महिनामा विपद्‌का घटनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

कलैया, ०१ साउन। २०८२ वैशाखदेखि असारसम्मको तीन महिनामा विपद्‌का घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार दुई हजार ६५ वटा विपद्जन्य घटनामा ९३ जनाको ज्यान गएको हो। विपद्‌का घटनामा परेर आजसम्म ४ चार सय ४५ जना घाइते भएका छन् भने ४ हजार १ सय ३६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गएको तीन महिनामा बाढीमा मात्रै १३ जनाको मृत्यु भएका छ । पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर