30.3 C
Kalaiya

Sunday, September 7, 2025
spot_img
30.3 C
Kalaiya
Sunday, September 7, 2025

नदी प्रदूषण हुने भन्दै शिवम् सुगर मिलविरुद्ध ज्ञापनपत्र

spot_img
spot_img

कलैया,०१ साउन  । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ मा स्थापना भइरहेको सुगर एण्ड केमिकल मिलले फोहोर पानीको व्यवस्थापन गर्नुपर्ने भन्दै बिहीबार ज्ञापन दिइएको छ।

Advertisement

कलैया उपमहानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष अशोक कुमार तिवारीको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्।

Advertisement

ज्ञापनपत्रमा बारा साविक गा वि स दोहरी हाल कलैया उपमहानगरपालिका वडा नं १५ टोल बकुलहरमा शिवम सुगर एण्ड केमिकल प्रा.लि. स्थापना भइरहेको उल्लेख गरिएको छ। उक्त कारखानावाट उपमहानगरपालिकाको ६ वटा वडा हरुमासमस्या हुने भएको जनाउदै ज्ञापनपत्र दिइएको हो।

Advertisement

कलकारखाना बाट निस्केको फोहर पानीको उचित व्यवस्थापन हुनुपर्ने माग गरिएको छ। वटर ट्रिटमेण्ट, पोलुटेड वाटर डिस्चार्ज स्टोरेज र पानी निकाशा नक्सा पास नगराई त्यो फोहर पानी नदीमा मिसाउन नमिल्ने ज्ञापनपत्रमा लेखिएको छ। नदीमा सफा पानीमात्र जानदिने हो भोलीको दिन मिल आएपछि फोहर पानी निस्कने छ र त्यो पानी नदीमा मिसाइयो भने हाम्रो पुरै वरिपरिको वातावरण लाई दुषित पार्नेछ ज्ञापनपत्रमा लेखिएको छ।

नदीको सब भन्दा बढी उपयोग खेती सिंचाइको लागि हुने गरेको जनाउदै पानी दुषित भए खेती नष्ट हुने र गरिब किसानको आयश्रोत बन्द हुन जाने ज्ञापनपत्रमा लेखिएको छ। जसले गर्दा किसान आत्म हत्या गर्न बाध्यहुन्छ । जसको जवाफदेही कस्ले लिने ज्ञापनपत्रमा प्रश्न गरिएको छ। नदीको पानी सिंचाइको लागि मात्र होइन दैनिक जीवन यापन गर्ने श्रोत समेत हो।

आज यो नदीको वरिपरि बस्ने मानिस, चौपाया, जीव जन्तुले आफनो जीवन यापनको लागि नदीको पानीको उपयोग गरिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। मिलको वरिपरि ऐलानी जग्गामा दलित समाज र गरिब कामदारहरु बसोबास गर्दै आएको हुनाले उनीहरुको जिवनमा मिलवाट निस्कने फोहर हरु पानी,ध्वनि र धुवाले गर्दा उनीहरुको जीवनमाथि धेरै ठुलो क्षति हुन जाने ज्ञापनपत्रमा लेखिएको छ।

कारखानको छेउबाट बग्ने इमिर्ति खोला वडा नं २७,२६,९,१५,१४,११ संग जोडिएर पानीको बहावसंग सम्पूर्ण मानव बस्ती, चौपाया र जीव जन्तुको जीवनसंग जोडिएको ज्ञापनपत्रमा लेखिएको छ। साथै धार्मिक हिसाबले छठ पूजा समेत गाउबासीहरुले उपयोग गरिरहेको जनाइएको छ। उक्त खोलामा पर्यटकीय हिसाबले विभिन्न पिकनिक स्थलहरु रहेका छन्।

कारखानाबाट निस्कने दुषित पानी उक्त नदीमा मिसाएमा मानिस रोगले ग्रसित भइ माहामारी फैलिने सम्भावना भएको भन्दै ज्ञापनपत्र मार्फत ध्यान आकर्षण गराइएको छ। कारखानाले अहिलेसम्म नक्सा पास नगराई तथा वातावरण आईइ नगराई निर्माण कार्य गर्न थालेको छ। जुन कि नेपाल कानुन विपरित कार्य गरेको जनाइएको छ। नेपालको कानुन अनुसार ५वर्ष पुरानो मेसिनरी ल्याउन र लगाउन मिल्दैन तर पनि उक्त मिलले ५ वर्ष भन्दा बढी पुरानो मेसिनरी ल्याइ जडान गरि रहेको जनाइएको छ। खोलावाट ६ वडाको दुर्गा पुजा तथा यज्ञहरुमा जल यात्रा गर्ने गरिएको जनाइएको छ।

ज्ञापनपत्रको बोधार्थ कलैया उपमहानगरपालिका कार्यालय कलैया,उद्योग बाणिज्य संघ कलैया,वन तथा वातावरण मन्त्रालय सिंह दरबार र वन तथा वातावरण मन्त्रालय मधेश, प्रदेश जनकपुरधाम धनुषामा पठाइएको छ।

उक्त अवसरमा राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख सरोज निरौला,स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर