28.9 C
Kalaiya

Monday, September 8, 2025
spot_img
28.9 C
Kalaiya
Monday, September 8, 2025

स्रोत नखुलेको ३ लाखसहीत भारतीय नागरिक पक्राउ

spot_img
spot_img

रौतहट २ साउन। रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो।

Advertisement

निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए ।

Advertisement

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले  गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित  भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि  चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपाली ३  लाख रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार सार्वजनिक गरेको छ।

उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा देखाउन नसकेको हुँदा बरामद रकमसहित भारतीय नागरिक महेशकुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर