Sunday, September 27, 2026

बारामा करिब दुई लाख भन्दा बढीको भन्सार छलीका खजुर र चिनी बरामद

Advertisement
Advertisement

कलैया, २ साउन ।बारा प्रहरीले एक लाख ८० हजार रुपैयाँ बराबरको खजुर र चिनी शुक्रबार बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्‍ठको कमाण्डमा खटिएको प्रहरी टोलिले भन्सार छलीको सो सामान बरामद गरेको हो।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा बर्दिवासबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५४३२ नम्बरको यात्रु बाहक बसबाट सो सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका हुन्।

उक्त बसको डिक्कीमा लुकाई छिपाई राखिएको खजुर १८ कार्टुन र ४ बोरा चिनि अं.१०० पन गरी अं. मुल्य रू. एक लाख असी हजार रुपैयाँ बराबरको अबैध भन्सार छलिको सामानहरू नियन्त्रणमा लिईएको हो। साथै आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको पण्डितले जनाए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर