Sunday, September 27, 2026

बारामा लागु औषध गाँजासहित एक जना पक्राउ

Advertisement
Advertisement

कलैया,०२ साउन । बारा प्रहरीले १० किलो सात सय ७८ ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित एकजनालाई शुक्रबार पक्राउ गरेको छ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले जाँच गरेको हो।

उक्त झोला भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा १० किलो ७७८ ग्राम वरामद भएको बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए छन्।

प्रहरीले बाराको सिमौनगढ नगरपालिका ७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर