Sunday, September 27, 2026

कलैयामा क्यारियर क्रिएटिभ एजुकेसन कन्सलटेन्सी शुभारम्भ

Advertisement
Advertisement

कलैया,०३ साउन । शैक्षिक तथा करियर मार्गदर्शन सेवालाई लक्ष्य गर्दै क्यारियर क्रिएटिभ एजुकेसन कन्सलटेन्सीले बाराको सदरमुकाम कलैयामा आफ्नो सेवा शाखा विस्तार गरेको छ। शनिबार दरबार होटलको सभाहलमा आयोजित समारोहबीच कन्सलटेन्सीको शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

शिक्षामा बढ्दो ठगीलाई रोक्ने उद्देश्यका साथ संचालन गरिएको कन्सलटेन्सीले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन,करियर काउन्सेलिङ,आवेदन प्रक्रिया र भिसा परामर्शलगायत सम्पूर्ण सेवा प्रदान गर्ने जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता डा. सुशील साहले वर्तमान युगलाई आर्टिफिसियल र क्रिएटिभ एजुकेसनको युग भनी व्याख्या गर्दै सीपमुखी शिक्षालाई प्राथमिकता दिन आग्रह गरे। ‘कृएटिभ एजुकेसन हासिल गरेर मात्र समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइन्छ,’ उनले भने।

बनेपा शाखा प्रबन्धक राजकुमार घिमिरेले कलैया शाखाबाट सेवा लिन आउने पहिलो पाँच जना विद्यार्थीलाई ल्यापटप प्रदान गरिने घोषणा गरे। उनका अनुसार कन्सलटेन्सीले काठमाडौं, बनेपा, जनकपुर र कलैयामा गरी देशभर चार वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ। उनले क्यानाडा, अस्ट्रेलिया, युके, चीन, भारत, बङ्गलादेश र अमेरिका लगायतका देशहरूमा विद्यार्थी पठाउँदै आएको जानकारी दिए।

कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि राजिव यादवले शिक्षालाई व्यापारको रूपमा प्रयोग गर्दै विद्यार्थी ठगी गर्ने प्रवृत्तिलाई रोक्न सबै सचेत हुनुपर्ने बताए। उनले नेपाल सरकारको मापदण्डअनुसार दर्ता नभएका कन्सलटेन्सीहरू नै विद्यार्थी ठगीको प्रमुख कारण रहेको उल्लेख गर्दै विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने समूहबाट सतर्क रहन आग्रह गरे।

‘कलैयाका कुनै विद्यार्थी कतै ठगिन नदिन हामी सचेत छौँ,’ यादवले भने। उनले कन्सलटेन्सीलाई नमुना सेवा प्रदान गर्दै उदाहरणीय बन्न सुझाव दिएका छन्।

कन्सलटेन्सीको कलैया शाखा प्रमुख विशाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्सलटेन्सीका प्रबन्धक अशोक कुमार साह,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान,मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारीका नेता अच्युत पौडेल,चन्द्रिका गुप्ता,कलैया उपमहानगरपालिका -१ का वडा सदस्य शशी दास, राजु यादव, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर