Friday, August 14, 2026

जनकपुरको होटलमा एक तलाबाट खसालेर युवकको हत्या आरोपमा पक्राउ परेकी युवतीलाई प्रहरीले गर्‍यो सार्वजनिक

Advertisement
Advertisement Advertisement

कलैया, ५ साउन । जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा शनिबार राती युवकलाई छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झा रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शनिबार राति होटलमा प्रवेश गरेका विमलेश करिब पाँच घण्टापछि नग्न र रक्ताम्य अवस्थामा पहिलो तलाबाट खसेका थिए। सिसीटीभी फुटेजअनुसार त्यसपछि जुली तल ओर्लेर होटलबाट भागेकी थिइन्। घटनापछि अनुसन्धान अघि बढाउँदै प्रहरीले आइतबार दिउँसो जुलीलाई पक्राउ गरेको थियो । हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर