27.4 C
Kalaiya

Tuesday, July 22, 2025
spot_img
27.4 C
Kalaiya
Tuesday, July 22, 2025

spot_img

जसपा पार्टी परित्याग गरि गुप्ता र साहसहित पाँच सय भन्दा बढी जनमतमा प्रवेश

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया,०५ साउन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाराका दुई प्रभावशाली नेताले पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । बाराको कलैयास्थित कारण राज पार्टी प्यालेसमा सोमबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता र बारा क्षेत्र-३ ख का प्रदेश सभा सदस्य पारसप्रसाद साहले जनमतमा प्रवेश गरेका हुन् ।

Advertisement
Advertisement

गुप्ता २०६४ सालको संविधानसभाका सदस्य हुन् भने गुप्ता केही दिनका लागि सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् । त्यस्तै पुर्व प्रदेश सभा सदस्य साह २०७४ सालको मधेस प्रदेशसभाका सदस्य हुन् ।

Advertisement
Advertisement

सोही कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरि पाँच सय जना भन्दा बढीलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले पार्टीमा प्रवेश गराएका हुन् । जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष डा.सिके राउत रहनु भएको थियोे ।

सो कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, पार्टीका पदाधिकारी, नेता,  कार्यकर्ता, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर