25.9 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
25.9 C
Kalaiya
Tuesday, September 9, 2025

नीजि कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

spot_img
spot_img

रौतहट ६ साउन। रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मधतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथी ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

Advertisement

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तिब्र गतिमा गाडी भगाएका थिए।  प्रहरीको टोलीले गाड़ी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ।

Advertisement

डिएसपी राजन कार्कीले झाँझ खोला छेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखुबारी हुँदै भागेको बताएका छन्। प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएको छ।

Advertisement

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भैइरहेको डिएसपी कार्कीले बताएका छन्। बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने ईलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ ।

थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर