Thursday, July 23, 2026

बारामा प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ

कलैया,०६ साउन । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–९ पिठवा नजिकै भारतबाट लागू औषध लिएर नेपालतर्फ आउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट प्रहरीले ४ हजार ८ सय एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–१ धुर्वा टोल निवासी २० वर्षीय राजेश गुप्ता र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ खड्का टोल निवासी २४ वर्षीय नसिर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै थिए। प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार अंसारीले बिचमा बोकेको स्याउको दुई वटा कार्टुनभित्र लुकाइ छिपाइ ल्याइएको अवस्थामा लागू औषध बरामद गरिएको हो।

बरामद लागू औषधमा नोफिन १६०० पिस,फेनारगन १६०० पिस र डाइजोपाम १६०० पिस रहेको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । उक्त दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर