Saturday, June 6, 2026

जीतपुरसिमराले सामुदायिक विद्यालयका करार शिक्षक–कर्मचारीको म्याद विवरण माग्यो

spot_img

जीतपुर,०८ साउन  । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको म्याद थपिएको वा नथपिएको बिवरण माग गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सवै सामुदायिक विद्यालयहरुलाई पत्रचार गरेर विवरण शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा बुझाउँन अनुरोध गरेको छ ।

बिद्यालयमा बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, दरबन्दी एवं राहतअनुदान कोटामा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको अस्थायी नियुक्ति पश्चात म्याद थप भएको वा नभएको बिवरण साउन मसान्त सम्ममा बुझाउँन उपमहानगरपालिकोे सुचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बाराबाट प्राप्त पत्रका आधारमा करारमा नियुक्ति भए पश्चात नियमानुसार करारको नवीकरण भई कार्यरत छन् कि छैनन् भन्ने विषयमा विवरण उपलब्ध गराउन जीतपुरसिमरा उपमहानगरपालिकासँग माग गरिएको उपमहानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।

विद्यालयहरूले उपयुक्त ढंगमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा नियमावली २०५९ को नियम ९७ को उपनियम ८ र नियम ९ बमोजिम मिति २०७८ सालसम्म सम्झौता भएका विवरण तयार गरी शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा पेस गर्नु पर्ने भएको छ । सो बिवरणको जानकरी जीतपुरसिमरा उपमहानगरपालिकालाई उपलब्ध गराउँन अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर