Saturday, August 15, 2026

भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, ९ साउन। सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ। जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको हो ।

२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्नै ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट छातिमा गम्भिर चोट लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक विरेन्द्र पासवानले जानकारी दिएका छन।

घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर