Saturday, August 15, 2026

मधेशमा पाँच सय डीप बोरिङ गाडिने प्रधानमन्त्रीको घोषणा

Advertisement
Advertisement Advertisement

कलैया, ९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले खडेरीको चपेटामा परेको मधेश प्रदेशमा तत्काल ५ सय डीप बोरिङ गाडिने घोषणा गरेका छन। महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेश प्रदेशमा तत्कालै ५ सय वटा डिप बोरिङ जडान गरिने बताएका छन।

हवाई उडानमार्फत अवलोकन गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओली अबको केहिबेरमा बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सहभागी हुने छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर