Sunday, September 27, 2026

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

Advertisement
Advertisement

कलैया, ०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन्।

शुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले परवानीपुर बजारमा निर्माण गरिएको कार्यालय भवनको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै उनले भवन निर्माणमा अग्रसर जनप्रतिनिधि र निरन्तरता दिएका कर्मचारीलाई धन्यवाद दिँदै, मधेशमा सडक तथा पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए।

प्रधानमन्त्री ओलीले बारालाई माछा उत्पादनको ‘सुपर जोन’ घोषणा गरिएकाले यसले किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए। कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन बृद्धिका लागि सरकारले ठोस कार्यक्रम अगाडि बढाएको पनि उनले उल्लेख गरे। उद्घाटन गर्नु अघि प्रधानमन्त्रीले तराई–मधेशको सुक्खा क्षेत्रको अवलोकन गरेका थिए ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड २५ लाख ९१ हजारमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर