Sunday, June 28, 2026

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

कलैया, १० साउन। सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनको श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर