Sunday, June 28, 2026

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

कलैया, १० साउन। पर्सामा डिपबोरिङ खन्नुअघि जिल्ला विपद् व्यवस्थापन समिति संग अनुमति लिनेपर्ने भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गणेश अर्यालको अध्यक्षतमा शनिबार बसेको बैठकले बोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने निर्णय गरेको हो।

जिल्लामा जथाभावी ढङ्गले डिपबोरिङ खन्ने काम भएकाले सो नियन्त्रणका लागि अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन।

त्यस्तै आज बसेको बैठकले नेपाल र भारतबीचमा गण्डक नहरको पानीका सम्बन्धमा भएको लिखित सम्झौता र प्रतिबद्धता अनुसार पानी प्राप्त नभएको भन्दै सम्झौता बमोजिम ८ सय ५० क्यूसेक पानी उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।

बैठकले डिपबोरिङ जडान भएका ठाउँमा स्थानीय सहभागी भएको उपभोक्ता समूह समिति गठन गरी सो समितिको नाममा विद्युतीय मिटर जडान गर्ने व्यवस्था मिलाउने तथा उक्त कार्यको सहजीकरण नेपाल विद्युत् प्राधिकरण र वडा अध्यक्षहरूले गर्ने/गराउने निर्णय गरेको छ ।

May be an image of blueprint, ticket stub and textMay be an illustration of ‎blueprint and ‎text that says '‎निर्णय नं ७ ១ तपसिल बमोजिम ។ देखि ۷ नं सम्म पेश भएका क्रियाकलापलाई समेटि तयार पारिएको कार्यान्वयन कार्य योजना Action Plan) अनुमोदन गरी कार्यान्वयन गन निर्णय गरियो। निर्णय नं 5 विपद् सकटम्रस्त क्षेत्र घोपणा भएको अनाधिभर कुनै पनि कार्यालय प्रमुखले जिल्ला प्रशासन कार्यालयको स्वीकृति नलिई जिल्ला नद्टोडूने। जिल्ला शमुख जिल्ला.अधिकारी អាំយារអាកាជ្ម ಏನಡ್ निर्णय नं निर्णयनं لا‎'‎‎

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर