Saturday, August 15, 2026

पर्सामा लागुऔषधसहित एक युवक पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, ११ साउन। पर्सामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनी निवासी २२ वर्षीय दिलिप कुमार सहनी रहेको प्रहरीले जनाएको छ।

पकहामैनपुर गाउँपालिका वडा नम्बर १ स्थित भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रुपमा पैदल हिँडिरहेका सहनीलाई प्रहरी चौकी धोरेबाट खटिएको नियमित चेकिङ टोलीले रोकी चेकजाँच गरेको थियो। प्रहरीका अनुसार चेकजाँचको क्रममा उनले बोकेको निलो झोलाभित्र आलु र प्याजमा लुकाइ छिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका ४५० एम्पुल लागुऔषध फेला परेको हो।

सहनीको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २ मिलिलिटर लेखिएको १५० एम्पुल, डायाजेपाम इन्जेक्सन लेखिएको १५० एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन लेखिएको १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन।

पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर