20 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
20 C
Kalaiya
Sunday, December 14, 2025

गोसाइँकुण्डमा बेपत्ता दुई जना मृत फेला

spot_img
spot_img

कलैया, १२ साउन। गोसाइँकुण्डमा स्नान गर्ने क्रममा वेपत्ता भएका दुई जना व्यक्ति मृत फेला परेका छन। मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ । आइतबार घटना हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खोजी तथा उद्धारमा खटिएको थियो ।

Advertisement

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने बताइएको छ। एक जना लडेपछि उनलाई बचाउन जाँदा अर्का व्यक्ति पनि डुबेर बेपत्ता भएका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर