Sunday, September 27, 2026

प्रतिबन्धित लागुऔषध सहित एकजना भारतीय बारा प्रहरीको नियन्त्रणमा 

Advertisement
Advertisement

कलैया, १४ साउन। जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध क्याप्सुल सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्जबाट खटिएको प्रहरीको टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं ६ पावरहाउस चौक देखि पुर्व पट्टि ५०० बम नहर स्थित सिम्रौनगढतर्फ आउदै गर्दा एकजना भारतीय पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारन बिहार थाना जितना ग्राम पंचायत अगर्वा वडा नं ६ कोडीगावा बस्ने जयमंगल साहको ५० वर्षिय छोरा मन्जन साह भन्ने उपेन्द्र साह रहेका छन्। उनको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल लेखिएको एक हजार ३८ पत्तामा १० हजार तीनसय ८० पिस क्याप्सुल बरामद भएको छ।

यस्तै उनी चलाएर आईरहेको बिआर ०५ बिके ७०३५ नम्बरको भारतीय होण्डा मोटरसाइकल बारा प्रहरीको नियन्त्रणमा छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर