Sunday, June 21, 2026

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कलैया, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)लाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अहिराजलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए ।

घरमा एक्लै भएको समयमा युवतीको मञ्जुरीविपरीत पटकपटक बलात्कार गरेको अहिराज माथी आरोप लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर