Sunday, September 27, 2026

भरत तालमा एकजना युवतीको शव फेला

Advertisement
Advertisement

सर्लाहीको भरत तालमा एकजना युवतीको शव फेला परेको छ। बागमती नगरपालिका वडा नं १२ भरत तालमा तैरिएको अवस्थामा नामथर वतन नखुलेको अन्दाजी २१/२२ वर्षिय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले ढुङ्गाको सहायताले शव ताल बाहिर निकालेको थियो। तराई मुलको जस्तो देखिने उक्त महिलाले निलो जिन्स पाइन्ट र हिरियो कुर्था र हातमा रातो बाला लगाएकी छन्।

थप अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा SOCO सहितको टोलीले खटिएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर