30.5 C
Kalaiya

Thursday, July 31, 2025
spot_img
30.5 C
Kalaiya
Thursday, July 31, 2025

spot_img

बारामा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया,१५ साउन । बारा प्रहरीले प्रतिबन्धित खैरो हेरोइन सहित बुधबार एक जनालाई पक्राउ गरेको छ।

Advertisement

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन बस्ने २२ वर्षीय अजमुलहक अंसारी रहको प्रहरीले जनाएको छ । फेटा गाँउपालिका वडा नं. १ भलुही स्थितमा कलैया बाट प्रसौनी तर्फ पैदल आउदै गरेको एक व्यक्तिको प्रहरीले शरीर खानतलासी गरेको हो।

२ वटा प्लाष्टिकको पुरीयामा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने सुख्खा पदार्थ ६०० मिलिग्राम र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम उनको साथबाट वरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेका अंसारीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर